Main News

काठमाडौंमा कोरोना नियन्त्रणबाहिर जाने खतरा, सतर्कता अपनाउन सरकारको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते १३:०१
काठमाडौंमा कोरोना नियन्त्रणबाहिर जाने खतरा, सतर्कता अपनाउन सरकारको आग्रह (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो ।

अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ । ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्‍याउन सक्छ । आफुले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु ।

संक्रमणको दर अझ नियन्त्रणबाहिर गए ठूलो जोखिम निम्तिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ । ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्‍याउन सक्छ । आफुले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु ।’’

उहाँले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दशैंतिहार जस्ता पर्व मनाउन पनि आग्रह गर्नुभयो । आफु स्वस्थ रहे फेरी पनि चाडबाड मनाउन सकिने भएको उल्लेख गर्दै उहाँले काठमाडौंबाट गाउँ जाने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘६० मुनिकाको संक्रमण दर र मृत्यु दरपनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउने जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आशिर्वाद बचाउँ ।’’

सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उहाँले बताउनुभयो ।

६० मुनिकाको संक्रमण दर र मृत्यु दरपनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउने जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आशिर्वाद बचाउँ ।

यस्तै व्यवसायीक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागित नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ ।

यस्तै विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७÷०७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको उहाँले बताउनुभयो ।

यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिला सहित अन्य दुई जना सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचितव डा. योगेन्द्र कुमार कर्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एगृ.इको. एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *