Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज २१ गते १२:५२
देशका विभिन्न अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु

२१ असोज, २०७७ काठमाडौं । चितवन र रुपन्देहीमा दुईदुई र ललितपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै बुटवल उपमहानगरपालिका–९ की ५५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याएको महिलालाई असोज १७ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, कोरोना संक्रमणबाट चितवनमा हिजो साँझ थप दुई जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्यापछि अस्पताल भर्ना भएका उनको साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यस्तै हिजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका९ का ८१ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ। यही असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसिरहेका उही हिजै साँझ अस्पताल पुगेका थिए।

उता ललितपुरमा संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित किष्ट अस्पतालमा उपचारको क्रममा काठमाडौं बालाजुकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि उनी यही असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *