खेलकूद

आइपीएलमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्कियो

हिमालय टिभी
२०७७ असोज २१ गते ७:३७
आइपीएलमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्कियो

२१ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्किएको छ ।

आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा राजस्थान रोयल्समाथि ५७ रनको जित निकाल्दै मुम्बईले फेरी शीर्ष स्थान कब्जा गरेको हो । मुम्बईको यो लगातार तेस्रो जित समेत हो ।

१ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ दशमलव १ ओभरमा १ सय ३६ रनमै अलआउट भयो । उसका लागि जोश बट्लरले सर्वाधिक ७० रन जोडे । बलिङमा मुम्बईका जसप्रित बुमराहले चार तथा ट्रेन्ट बोल्ट र जेम्स प्याटिसनले समान दुईदुई विकेट लिए ।

यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादव ७९ रनमा अविजित रहे ।

त्यस्तै कप्तान रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्या ३० रनमा नटआउट रहे । बलिङमा राजस्थानका श्रेयस गोपालले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्