Main News

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

हिमालय टिभी
२०७७ असोज २० गते १६:०४
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

२० असोज, २०७७ असोज, प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र भएको छ ।

प्रदेश सभामा आज भएको मतदानमा नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो । ८७ सदस्यीय प्रदेश सभामा नामका पक्षमा ७९ र राजधानी दाङ बनाउने पक्षमा ६९ मत परेको छ ।

दाङ राजधानी बनाउने प्रस्तावको विपक्षमा १३ जनाले भोट दिएका छन यस्तै लुम्बिनी नाम राख्ने प्रस्तावको विरोधमा चार मत परेको छ । राजधानीको प्रस्तावमा मतदान हुँदा ८२ र नामको प्रस्तावमा मतदान हुँदा ८३ जना उपस्थित थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सरकारी प्रस्तावको विषयमा विभाजित भएको छ । पार्टी संसदीय दलले दाङ राजधानी बनाउने प्रस्तावको विरोधमा मत दिन ह्वीप लगाए पनि सांसदहरुले उल्लंघन गरेका छन् ।

सरकारले ल्याएको प्रस्ताव दुई तिहाईले पारित हुन ५८ मत आवश्यक थियो । तर विपक्षी नेपाली कांग्रेसका सांसदले पार्टी ह्वीप अवज्ञा गर्दै मत दिएपछि राजधानीको पक्षमा ६९ मत परेको हो ।

सांसद डिल्ली चौधरी लगायतका ५ जना सांसदले पार्टी ह्वीपको अवज्ञा गर्दै दाङ राजधानी बनाउने प्रस्तावका पक्षमा भोट दिएका छन् । प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

काँग्रेसका सांसद भुवनेश्वर चौधरी, मोहम्मद याकुव अन्सारी, शंकर गिरि, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गर्नुभयो । उहाँहरु दाङ, बाँके र बर्दियाका सांसद हुनुहुन्छ ।

सांसद सुरेन्द्र हमाल भने उपस्थित हुनुभएन । ६१ सदस्य रहेको सत्तारुढ नेकपामा प्रस्तावबारे विवाद भएपनि सांसदहरुले पार्टी निर्णय मानेका छन् ।

सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव शुक्रबार पेश गरेको थियो ।

त्यसमा नेकपाकै १४ जना सांसदले आपत्ति जनाएका थिए भने नेपाली कांग्रेसले तोडफोड गरेको थियो । प्रदेश ५ नाम र राजधानी टुंगो लगाउने पाँचौ प्रदेश हो । अब प्रदेश १ र दुई मात्रै नाम र राजधानी तोक्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *