Political Hightlights

राजधानी दाङ सार्ने निर्णयको विरोध गर्दै २ हजार बढी नेकपा कार्यकर्ताले त्यागे पार्टी

हिमालय टिभी
२०७७ असोज २० गते १४:३३
राजधानी दाङ सार्ने निर्णयको विरोध गर्दै २ हजार बढी नेकपा कार्यकर्ताले त्यागे पार्टी

२० असोज, २०७७ बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजारभन्दा बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध २ हजार २ सय ४९ जनाले पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टीका सांसदले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरे ।

रुपन्देहीमा अस्थायी राजधानी राख्दा रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजर अन्दाज गरेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्