Main News

तीन वटा अस्पतालका आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिस्कार

हिमालय टिभी
२०७७ असोज २० गते १३:२७
तीन वटा अस्पतालका आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिस्कार

२० असोज, २०७७ काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि तीन वटा अस्पतालका आवासीय चिकित्सकले ओपीडी सेवा बहिष्कार गरेका छन्।

शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

डाक्टर केसीले अनशन सुरु गरेको २३ औं दिन बित्दा पनि सरकार गैरजिम्मेवार र असंवेदनशील बनेका कारण ओपीडी सेवा बन्द गर्नु परेको आवासीय चिकित्सकले बताएका छन् ।

उनीहरुले केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका छन्। ओपिडी सेवा बन्द गरेका आवासीय चिकित्सकले कालोपट्टीसहित धर्ना दिने निर्णय गरेका छन् ।

कोरोनासँग सम्बन्धित उपचार, आकस्मिक र आन्तरिक सेवा भने सञ्चालन गर्ने आवासीय चिकित्सकले स्पष्ट पारेका छन् । डाक्टर केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी तत्काल माग पूरा गर्नसमेत उनीहरूले सरकारलाई आग्रह गरेका छन्।

सरकारले तत्काल डाक्टर केसीको माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *