स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै जनकपुरका विद्यालय सञ्चालन

हिमालय टिभी
२०७७ असोज २० गते १३:००
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै जनकपुरका विद्यालय सञ्चालन

२० असोज, २०७७, जनकपुरधाम । जनकपुरधाममा आजदेखि शैक्षिक संस्था खुलेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेका शैक्षिक संस्था खोल्न दिने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण अवरुद्ध विद्यालयको नियमित पठनपाठन शुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार स्वीकृत विद्यार्थीलाई सहजीकरण निर्देशिका २ हजार ७७ को व्यवस्था बमोजिम स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा आएका छन्।

तोकिएको मापदण्ड तथा निर्देशिकाको शर्त पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा पठनपाठन हुनेछन् । विद्यालयमा भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जना विद्यार्थी राखेर पठनपाठन गर्न पाइने छ।

प्रत्येक दिन अनिवार्य विषयको ३ घण्टा मात्र पढाइ हुनेछ । त्यस्तै, विद्यार्थी संख्या बढी भएका विद्यालयमा २ सिफ्टमा विद्यालय सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *