Main News

प्रदेश ५ को नाम र राजधानीसम्बन्धी प्रस्तावमा आज मतदान, कांग्रेसद्वारा विपक्षमा मतदान गर्न व्हीप

हिमालय टिभी
२०७७ असोज २० गते १२:४३
प्रदेश ५ को नाम र राजधानीसम्बन्धी प्रस्तावमा आज मतदान, कांग्रेसद्वारा विपक्षमा मतदान गर्न व्हीप

२० असोज, २०७७ बुटवल । प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन आज प्रदेश सभा बैठक बस्दैछ ।

आजको बैठकमा प्रदेश सरकारले पेश गरेको मूल प्रस्तावमा निर्वाचन हुने प्रदेश ५ सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । सभामुख घर्तीले प्रदेश ५ का आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुने बताउनुभयो ।

मन्त्री केसीले गरेको प्रस्तावमा दुई तिहाई पुगे प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भागुवाङ रहनेछ । सरकारको प्रस्ताव संशोधन गर्न अर्को प्रस्ताव पनि दर्ता भएको छ । तर मुल प्रस्तावमा दुई तिहाई मत नपुगे मात्रै संशोधन प्रस्तावमाथि मतदान हुने छ ।

यसैबीच नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनुभयो ।

प्रदेशको राजधानी बुटवलमै यथावत राख्नुपर्ने र दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको उहाले जानकारी दिनुभयो । तर कांग्रेसकै केही सांसद भने दाङका पक्षमा देखिएका छन् । कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताउनुभयो ।

दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने बताउँदै कांग्रेसका ६ जना सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा रहेको जानकारी दिनुयभो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *