Main News

नेपाल–भारत सीमासम्बन्धी अध्ययन, केकस्ता प्रमाण भेटिए ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते २०:४१
नेपाल–भारत सीमासम्बन्धी अध्ययन, केकस्ता प्रमाण भेटिए ? (भिडियोसहित)

१९ असोज, २०७७, काठमाडौं । नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठित विज्ञ समूहले सरकारलाई हिजो प्रतिवेदन बुझाएको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा लिपुलेक लगायतका भूमि नेपालकै हुन् भनेर देखाउने प्रमाण संकलन र लिपिबद्ध गर्ने उद्देश्यले सरकारले समूह गठन गरेको थियो । ४ महिनामा समूहले केके प्रमाण संकलन गर्यो ? के यो प्रतिवेदनको सहारामा सरकार अब वार्तामा बस्न सक्छ त ?

जेठ २२ गतेको मन्त्रिपरिषद बैठकले नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय ‘नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलन गर्न विज्ञ समूह’ गठन गर्यो ।

भारतले हडपेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूमी फिर्ता लिन आवश्यक प्रमाण संकलन गर्ने कार्यादेश यो समूहलाई थियो । त्यसै अनुसार झण्डै ४ महिना लगाएर समूहले ती भूमि नेपालकै हुन् भन्ने प्रमाण एकीकृत गर्दै प्रतिवेदन तयार पारेको छ ।

समूहले आफ्नो प्रतिवेदन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीमार्फत सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनले लिम्पियाधुरा लिपुलेक लगायका भूमि नेपालकै हुन् भन्ने थुप्रै मजबुत प्रमाण समेटेको भन्दै निर्धक्क भूमि फिर्ताको प्रक्रिया अघि बढाउन सकिने समूहको दाबी छ ।

प्रमाण संकलन समूहले कोरोना कहरका बीच के कस्ता प्रमाण संकलन गर्यो त्यो त भविष्यमा थाहा होला । तर वर्षौंदेखि नेपालको भएर पनि नेपालीले भोगचलन गर्न नपाएको भूमि फिर्ता लिन सरकारले राजनीतिक र कूटनीतिक रुपमा खुट्टा कमायो भने कुनै पनि प्रमाणले काम गर्नेवाला छैन । त्यसैले अब आफ्नो भूमि फिर्ता लिन सरकारले कुटनीतिक र राजनीतिक तहमा संवाद अघि बढाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *