Main News

प्रदेशसभा बैठकमा मन्त्रीबाटै संसदीय मर्यादाविपरीतको काम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते १९:१०
प्रदेशसभा बैठकमा मन्त्रीबाटै संसदीय मर्यादाविपरीतको काम (भिडियोसहित)

१९ असोज, २०७७ बुटवल । प्रदेश ५ को सभामा मन्त्रीबाटै संसदीय मर्यादा विपरितको काम भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीबाट संसदीय मर्यादाको उल्लंघन भएको हो । मयार्दापालकलाई निर्देशन दिन नमिल्ने भए पनि मन्त्री केसीले संसदमा नाराबाजी गरिरहेका कांग्रेस सांसदलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिनुभएको हो ।

सदन चलिरहेको अवस्थामा सभामुखबाहेक मुख्यमन्त्री, मन्त्री, सांसद कसैलाई कुनै पनि विषयमा निर्देशन दिने अधिकार हुँदैन। तर भालुवाङ स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा नाराबाजी गरिरहेका विपक्षी सांसदलाई बाहिर निकाल्न भन्दै मन्त्री केसीबाट संसदीय मर्यादाको उल्लंघन भएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि आज सभामुखले कांग्रेसको अवरोधकाबीच छलफल गराउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *