समाज

दार्चुलाको घाँटीबगर–छाङ्ग्रु गोरेटो बाटो सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते १७:२२
दार्चुलाको घाँटीबगर–छाङ्ग्रु गोरेटो बाटो सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)

१९ असोज, २०७७, काठमाडौं । नेपाली सेनाले दार्चुलामा निर्माण गरेको घाँटीबगर–छाङ्ग्रु गोरेटो बाटो सर्वसाधारणका लागि खुल्ला गरेको छ ।

नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा यो गोरेटो बाटो सर्वसाधारणलाई हस्तान्तरण गरेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले घाँटीबगर–छाङ्ग्रु गोरेटो बाटो सर्वसाधारणका लागि खुल्ला गरेको जानकारी ट्वीटरमार्फत दिनुभएको छ ।

नेपाली सेनाले ४ महिना लगाएर यो गोरेटो बाटो बनाएको हो । दार्चुलाको ब्यास गाउँपालिका२, घाँटीबगरसम्म गोरेटो बाटो बनेपछि छाङ्ग्रुका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटेको छ ।

यसअघि छाङ्ग्रुका बासिन्दाले सदरमुकामा आउन भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता थियो । तर नेपालले लिम्पायाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले त्यसमा पनि अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *