Main News

उपत्यकामा १२ सहित थप १९ जना कोरोना संक्रमितको मृत्यु, २४४० संक्रमित थपिए

हिमालय टिभी
२०७७ असोज १९ गते १६:३८
उपत्यकामा १२ सहित थप १९ जना कोरोना संक्रमितको मृत्यु, २४४० संक्रमित थपिए

१९ असोज, २०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट काठमाडौं उपत्यकामा १२ सहित थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै काठमाडौंमै २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय, ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । पर्सामा ६५ र गोरखामा ४५ वर्षीया महिलाको मृत्यु भएको छ । भने, यस्तै ललितपुरमा ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सर्लाहीमा ४२ वर्षीय र ६९ वर्षीय पुरुष, सुनसरीमा ५५ वर्षीय पुरुष चितवनमा ६२ वर्षीय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

आज नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ५, प्रदेश नम्बर २ मा ६ सय ४२, बागमती प्रदेशमा ८ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ५ सय ६ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ सय ११ गरी देशभरी ११ हजार ९ सय ९१ जना रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५१, प्रदेश नम्बर २ मा ४ सय ७६, बागमती प्रदेशमा ७ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ५ सय ६५ जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९६, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा४ सय २१ गरी देशभरी १२ हजार ३ सय १६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन् ।

आज ११ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ८ सय ५५, प्रदेश नम्बर २ मा १४ हजार ३ सय ९२, बागमती प्रदेशमा २१ हजार १ सय ८७ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ६ सय ४२, कर्णाली प्रदेशमा ३ हजार २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ जना गरी देशभरी६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *