Political Hightlights

डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालमा कांग्रेसको धर्ना

हिमालय टिभी
२०७७ असोज १९ गते १३:२३
डा. केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालमा कांग्रेसको धर्ना

१९ असोज, २०७७ काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग राख्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज शिक्षण अस्पतालमा धर्ना दिएको छ ।

केसी अनशन बसेको २२ दिनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालसहितको टोलीले २२ मिनेट धर्ना दिएको हो । कांग्रेसले डाक्टर केसीले राखेका माग अबिलम्ब पूरा गरेर उहाँको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । शर्माले सरकारले तत्काल वार्ताका लागि समिति बनाउनुपर्ने बताउनुभयो ।

यसअघि सभापति शेरबहादुर देउवाले हिजो मात्र डाक्टर केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई सार्वजनिक अपिल गर्नु भएको थियो ।

केसीको स्वास्थ्य गम्भीर बन्दा पनि सरकारले वार्ताको पहल नगरेको भन्दै शिक्षण अस्पतालका डाक्टर पनि आन्दोलित छन् ।

२२ दिनअघि जुम्लामा अनशन बसेका केसीलाई पछि काठमाडौं ल्याइएको हो । उहाँले अहिले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिइरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्