खेलकूद

डीपीएलको चौथो संस्करण अनिश्चितकालका लागि स्थगित

हिमालय टिभी
२०७७ असोज १८ गते १८:५६
डीपीएलको चौथो संस्करण अनिश्चितकालका लागि स्थगित

१८ असोज, २०७७ काठमाडौं । चौथो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) अनिश्चित समयका लागि स्थगित भएको छ ।

यसअघि आयोजक धनगढी क्रिकेट एकेडेमी डीसीएले पहिलो पटक प्रतियोगिताको मिति सार्दै कात्तिक ८ देखि २२ गतेसम्म गर्ने तयारी गरेको थियो ।

तर विश्वव्यापी रुपमा फैलिएको कोरोनाको जोखिम तथा सरकारले खेलकूदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण सारिएको मितिमा पनि प्रतियोगिता गर्न सम्भव नभएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगिताको नयाँ मिति यथाशिघ्र चाँडो घोषणा गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्