Main News

डा. केसीसँग वार्ता गर्ने टोली गठन गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

हिमालय टिभी
२०७७ असोज १८ गते १८:१४
डा. केसीसँग वार्ता गर्ने टोली गठन गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

१८ असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गरी केसीको सत्याग्रह अन्त्य गर्न माग गरेको छ ।

सरकारले केसीको सत्याग्रहलाई उपेक्षा गरेको भन्दै विज्ञप्ति निकालेर संघले ७२ घण्टे अल्टिमेटम दिएको हो । वार्ता टोली बनाएर संवादबाट केसीको सत्याग्रह अन्त्य गर्न संघको माग छ ।

संघले डा. केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ । अन्यथा कठोर कदम चाल्न बाध्य हुने चिकित्सक संघको चेतावनी छ । त्यसका लागि उसले छलफल समेत गरेको छ ।

चिकित्सा शिक्षा सुधारका माग राख्दै डाक्टर केसी भदौ २९ गतेदेखि आमरण अनशन बसे पनि सरकारले २१ औं दिनसम्म चासो दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *