Main News

सर्वोच्च अदालतका न्यायाधीश भण्डारीसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १८ गते १३:०५
सर्वोच्च अदालतका न्यायाधीश भण्डारीसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि

१८ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ।

सर्वोच्च अदालत प्रशासनले एक सूचना निकालेर न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख छैन। कति जना कर्मचारीमा कोरोना देखिएको हो भन्ने पनि सूचनामा उल्लेख छैन।

सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश भण्डारी र अरू तीन कर्मचारीलाई कोरोना देखिएको बताएको छ।

संक्रमित न्यायाधीश र कर्मचारी तथा सम्पर्कमा आएका न्यायाधीश र कर्मचारी सबै आफ्नो घरमा आइसोलेसन र क्वारन्टिन बसेको सर्वोच्चको सूचनामा उल्लेख छ।

न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इजलास प्रभावित भएको छ । सर्वोच्च अदालतलमा आज एकल इजलासमात्र तोकिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासमा ११ मुद्दाको पेशी तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *