Main News

प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा निषेधाज्ञा तोडेर प्रदर्शन

हिमालय टिभी
२०७७ असोज १८ गते १३:०१
प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा निषेधाज्ञा तोडेर प्रदर्शन

१८ असोज, २०७७, बुटवल । प्रदेश पाँचको राजधानी दाङ राख्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध आज बुटवलमा उद्योगी व्यवसायीले निशेधाज्ञा तोडेर प्रदर्शन गरेका छन् ।

प्रदेशको राजधानी सार्नका लागि सरकारले षड्यन्त्र गरेको भन्दै उद्योगी व्यवसायीले बुटवलको राजमार्ग चौराहाबाट निकालेको विरोध र्‍याली मिलनचोक, बसपार्क, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सरकारले प्रदेश सभा रहेको क्षेत्र, मन्त्रालय रहेको क्षेत्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो । तर उद्योगी व्यवसायीले मन्त्रालय रहेको क्षेत्रमा निशेधाज्ञा तोडेर प्रदर्शन गरेका हुन् ।

उद्योगीहरुले आफूहरुले प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि प्रदेश सभा तथा सरकार सञ्चालनका लागि भवन दिएर सहयोग गरेको स्मरण गराउँदै विगतलाई नभुल्नसमेत चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *