Main News

पूर्वस्वास्थ्यमन्त्री थापासहित कांग्रेसका चार जना नेतालाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १८ गते ७:२२
पूर्वस्वास्थ्यमन्त्री थापासहित कांग्रेसका चार जना नेतालाई कोरोना संक्रमण पुष्टि

१८ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा, नेताहरु अर्जुननरसिंह केसी, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठ लगायतलाई कोरोना संक्रमण भएको छ।

थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गर्नु भएको छ ।

असोज १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा उहाँहरुलाई कोरोना पुष्टि भएको हो । थापा र केसीले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए ।

परीक्षण गरिएकामध्ये २०२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आज केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी गरेको छ । १९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *