समाज

महामारीसँगै महाकाली आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको भीड (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १७ गते १८:०१
महामारीसँगै महाकाली आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको भीड (भिडियोसहित)

१७ असोज, २०७७, कञ्चनपुर । कञ्चननपुरमा रहेको महाकाली आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको संख्या बढेको छ । प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन थालेपछि आयुर्वेदिकतिर बिरामीको आकर्षण बढेको हो ।

विगतमा सुनसान रहने कञ्चनपुरको महाकाली आयुर्वेदिक औषधालयमा पछिल्लो समय सेवा लिने बिरामीको चाप बढेको छ । कोरोना भाइरस संक्रमण महामारीका बेलासमेत आयुर्वेदिक औषधिबाट उपचार गर्नेको संख्यामा कमी आएको छैन ।

गत आर्थिक वर्ष यो औषधालयबाट सात हजारले ओपीडी सेवा लिएका थिए । अघिल्लो वर्ष यो सेवा लिनेको संख्या ६ हजार थियो । औषधालयबाट ओपीडीमा स्वास्थ्य परीक्षण गरी औषधालयबाट निःशुःल्क रुपमा औषधि दिने गरिएको छ ।

अस्पतालमा जनशक्ति र उपकरण अभावका बावजुद कोरोना महामारीका बेलासमेत औषधालयको सेवा नियमित रुपमा सञ्चालन गरिएको छ । औषधालयमा पञ्चकर्म सेवा लिनेको संख्या पनि थपिँदै गएको छ ।

औषधालयले शुक्लाफाँट नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाँडी गाउँपालिकासम्म आयुर्वेदको सेवा विस्तार गरिएको छ । सरकारले आयुर्वेद औषधालयलाई प्रभावकारी बनाउन थप जनशक्ति र उपकरण व्यवस्था गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *