Main News

बहराइनका राजकुमारसहितको टोलीद्वारा लोबुचे हिमाल आरोहण

हिमालय टिभी
२०७७ असोज १७ गते १३:१२
बहराइनका राजकुमारसहितको टोलीद्वारा लोबुचे हिमाल आरोहण

१७ असोज, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान आरोहण गरेको हो ।

यो सिजनको पहिलो आरोहण गरेको यो टोलीले अब मनास्लु हिमाल आरोहण गर्ने छ । टोलीलाई नेपाली शेर्पाहरुको समूहले सहयोग गरिरहेको छ ।

यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । सगरमाथा आरोहणको पूर्वअभ्यासका लागि बहराइनको राजकुमारसहितको टोली लुबुचे र मनास्लु आरोहण गर्न गत महिना नेपाल आएको हो । यो टोली दुई महिना नेपालमा बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *