आर्थिक

करको दर र अन्तशुल्क घटाउने सरकारी निर्णयको व्यवसायीले गरे स्वागत

हिमालय टिभी
२०७७ असोज १६ गते १७:५५
करको दर र अन्तशुल्क घटाउने सरकारी निर्णयको व्यवसायीले गरे स्वागत

१६ असोज, २०७७ काठमाडौं । करका दर र अन्तशुल्क घटाउने सरकारी निर्णयको व्यवसायीले स्वागत गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णयलाई व्यवसायीले स्वागत गरेका हुन् । बैठकले विद्युतीय सवारी साधनमा चालु आर्थिक वर्षको बजेटमार्फत अन्तशुल्क घटाउने निर्णय गरेको हो ।

करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ । अन्तशुल्क घटाउने निर्णयले थोरै भएपनि राहत दिएको भन्दै नेपाल अटोमोबाइल्स डिर्लस एसोसिएसनले सवारी साधनको डाउनपेमेन्ट ५० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाउन माग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताउनुभयो ।

उहाँका अनुसार अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्नेछ । यसले उत्पादन पनि बढ्ने र रोजगारी सृजनामा समेत सघाउ पुग्ने श्रेष्ठको भनाई छ ।

व्यवसायीले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवस्यकता रहेको बताएका छन् ।

खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझैपनि प्रक्रिया नमिल्दा लागत बढेको र उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *