आर्थिक

डिजेल र मट्टितेलको मूल्य लिटरमा १–१ रुपैयाँ घटाउने आयल निगमको निर्णय

हिमालय टिभी
२०७७ असोज १६ गते ७:३३
डिजेल र मट्टितेलको मूल्य लिटरमा १–१ रुपैयाँ घटाउने आयल निगमको निर्णय

१६ असोज, २०७७ काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन आइओसीबाट नयाँ मूल्य आएपछि नेपाली बजारमा सोहीअनुसार मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो ।

गएराती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको हो । अब डिजेल र मट्टितेल ८९ रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्न पाउनेछन् । यसपटक पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य केही बढेर आए पनि कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ ।

आसन्न दसैँका कारण सार्वजनिक यातायातको चाप बढ्ने भएकाले आमसर्वसाधारणले सुविधा पाउने गरी डिजेलको मूल्य घटाएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *