Main News

कालोबजारी गर्ने २६ वटा पसलमाथि कारबाही गर्न महानगरपालिकाको सिफारिस

हिमालय टिभी
२०७७ असोज १४ गते १८:४३
कालोबजारी गर्ने २६ वटा पसलमाथि कारबाही गर्न महानगरपालिकाको सिफारिस

१४ असोज, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ ।

महानगरपालिकाले २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसल भेटिएकाले ती पसललाई कारवही गर्न सिफारिस गरेको हो ।

कोरोना महामारीको मौका छोपेर व्यापारीले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिकाटि, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो ।

अनुगमनमा महानगरपालिकाले १ सय २९ मध्य २६ जना उपोभोक्ता ठग्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ । यस्तै म्याद सकिएका सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरिएको थियो ।

महानगरले खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन पनि निर्देशन दिएको छ । ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *