Main News

७५ लाख नेपालीमा मुटु रोगको समस्या, जीवनशैली सुधार्न चिकित्सकको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १३ गते २०:५८
७५ लाख नेपालीमा मुटु रोगको समस्या, जीवनशैली सुधार्न चिकित्सकको सुझाव (भिडियोसहित)

१३ असोज, २०७७ बाँके । मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइएको छ । नेपालको कुल जनसंख्याको २५ प्रतिशतमा मुटुरोग भएको अनुमान छ । वर्षेनी मुटु रोगीको संख्या बढ्दै गएको छ । उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह र बाथ मुटु रोगका मुख्य कारण रहेको विज्ञले बताएका छन् ।

वर्सेनि एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण मृत्यु हुने गरेको छ । अस्वस्थकर जीवनशैली, मध्यपान र धुमपान, अनियमित खानपान जस्ता कारणले मुटु रोग बढ्दै गएको चिकित्सक बताउँछन् ।

नेपालमा नसर्ने रोग मध्ये सबैभन्दा धेरै मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ । यसबाट वच्न धु्मपान नगर्न, नियमित ब्यायाम गर्न, तनाब मुक्त रहन र शरिरको तौल नियन्त्रणमा राख्न विज्ञले सुझाव दिँदै आएका छन् ।

जोखिम बढेसंगै राजधानी बाहिरका शहरमा पनि मुटु रोगको उपचार सुविधा बिस्तार हुँदै गएको छ । नेपालगन्जको भेरी अस्पताल तथा नीजी क्लिनिकमा उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचापका छन् । उच्च रक्तचाप मुटु रोग निम्त्याउने प्रमुख कारण मानिन्छ । कस्तो अवस्थामा मुटु रोग लागेको थाहा हुन्छ त रु

मुटु रोगका कारण विश्वमा वर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गरेको छ। ति मध्ये ८० प्रतिशत विकासोन्मुख देशका छन् । सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी साढे २ करोड पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । विज्ञले दिएका सुझाव मनन गरे मुटु रोग लाग्नबाट बाँच्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *