Main News

सुशील कोइराला क्यान्सर अस्पतालः भव्य भवन र उपकरण तर सेवा छैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १३ गते १९:०१
सुशील कोइराला क्यान्सर अस्पतालः भव्य भवन र उपकरण तर सेवा छैन (भिडियोसहित)

१३ असोज, २०७७, बाँके । बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको भव्य भवन छ । अस्पतालमा क्यान्सरका बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण पनि छन् ।अस्पताल सञ्चालनका लागि नेपाल सरकारले वार्षिक ६ देखि ८ करोड रुपैयाँ बजेट पनि दिँदै आएको छ । तर अस्पताल सञ्चालन भएको ४ महिना बितिसक्दा पनि बायोप्सी जाँच सुरु गर्न सकेको छैन ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थानीय बासिन्दा र नेपाल सरकारले क्यान्सर अस्पतालका सञ्चालनका लागि ७० करोड रुपैयाँ लगानी भइसकेको छ ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका १ करोडभन्दा बढी जनतालाई क्यान्सर रोगसम्बन्धी उपचार सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा कार्यकारी निर्देशकसहित ५ जना मात्रै चिकित्सक छन् । त्यसमा पनि क्यान्सर रोग विशेषज्ञ एक जना मात्रै छन् ।

स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार, क्यान्सर अस्पताल सञ्चालनका लागि कम्तीमा २० जना चिकित्सकसहित रेडियोग्राफी, ल्याब, नसिङ, बायोमेडिकल इन्जिनियर प्रशासन र लेखाका लागि करिब १ सय ३० जना दरबन्दी आवश्यक पर्छ ।

अर्थ मन्त्रालयले २०७७ जेठ ८ गते १ सय ३० जनाकको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । तर मन्त्रिपरिषदबाट अन्तिम निर्णय हुन ढिलाई हुँदा क्यान्सर अस्पतालले आवश्यक जनशक्ति पाउन सकेको छैन । यसले गर्दा सेवा प्रभावित हुँदै आएको छ ।

क्यान्सर अस्पताल मै कोरोना बिशेष अस्पताल सञ्चालन गरिएका कारण किमो सेवा प्रभावति भएको थियो । तर कोरोना बिशेष अस्पतालपछि भेरी अस्पताल नेपालगन्जमा सरेपछि यो क्यान्सर अस्पतालमा किमो सेवा पुन सुरु भएको छ । अस्पतालले अहिले दैनिक ८ देखि १० जनालाई किमो सेवा प्रदान गर्दै आएको छ ।

केही महिना रोकिएको किमो सेवा सुरु भएपछि क्यान्सरका बिरामी लाभान्वित भएका छन् ।

२०५६ सालमा निर्माण शुरु भएको क्यान्सर अस्पतालमा अप्रेशन थिएटर र १० वेडको आइसीयु वार्डसहित एक सय बेड छन । क्यान्सर अस्पताल राम्रोसँग सञ्चालन हुन सके प्रदेश ५ सहित कर्णाली र सुदुरपश्चिम प्रदेशका बिरामीले सहजै उपचार पाउन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *