Main News

ब्रोइलर कुखुराको चल्लालाई रङ्ग दलेर लोकल भन्दै बेच्ने चार जना पक्राउ

हिमालय टिभी
२०७७ असोज १३ गते १८:१३
ब्रोइलर कुखुराको चल्लालाई रङ्ग दलेर लोकल भन्दै बेच्ने चार जना पक्राउ

१३ असोज, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र विभिन्न रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मेहेन्दीका विभिन्न रंग प्रयोग गरेर लोकल भन्दै ब्रोइलर कुखुराका चल्ला बेच्ने ४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले मेहेन्दीका विभिन्न रंग प्रयोग गरेर १० रुपैयाँ प्रतिगोटामा किनेका चल्ला लोकल भन्दै डेढ सय रुपैयाँसम्ममा बेचेको पाइएको छ । पक्राउ परेका ४ जनालाई कालोबजारीसम्बन्धी ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

कृत्रिम रंग प्रयोग गरेर ब्रोइलर कुखुराका चल्ला लोकल र गिरिराज भन्दै बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले गोदाममा छापा मारेको थियो ।

छापा मार्ने क्रममा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको र रंग लगाउन तयारी अवस्थामा राखिएका झण्डै २५ हजार भन्दा बढी चल्ला राखिएको प्रहरीले जनाएको छ । सबै चल्ला प्रहरीले जफत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *