खेलकूद

सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश

हिमालय टिभी
२०७७ असोज १३ गते ७:५४
सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश

१३ असोज, २०७७ काठमाडौं । सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरण प्रवेश गरेकी छन् ।

अमेरिकी खेलाडी सेरेनाले क्रिष्टी आनलाई ७–६ र ६–० को सेटमा हराइन् । छैटौं वरियताकी विलियम्सले अब दोस्रो चरणमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् । ३३ वर्षकी पिरोन्कोभा आयोजकबाट वाइल्ड कार्ड पाएर प्रतियोगितामा आएकी हुन् ।

उता पुरुष एकलतर्फ लोरेन्जो जुस्तिनो संघर्षपूर्ण जितसहित अर्को चरण पुगे । ६ घण्टा पाँच मिनेट लगाएर लोरेन्जोले कोरेन्टिन मोउटेटलाई हराएका हुन् ।

लोरेन्जोले कोरेन्टिनलाई ०–६, ७–६, ७–६, २–६ र १८–१६ को सेटमा पराजित गरे । खेल फ्रेन्च ओपनको इतिहासमा सबैभन्दा लामो समय खेलिएको खेलको सूचिमा दोस्रो नम्बरमा परेको छ ।

यसअघि फ्रेन्च ओपनमा सन् २ हजार ४ मा स्पेनिस फाब्रिस सान्तोरो र फ्रेन्च अर्नाउड क्लेमेन्टबिचको खेल ६ घण्टा ३३ मिनेटसम्म चलेको थियो ।

इटालियन जुस्तिनोले दोस्रो चरणमा अर्जेन्टिनी खेलाडी १२ औं वरियताका डिएगो श्वार्टज्मनसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्