आर्थिक

असोज १५ गतेदेखि दशैँं–तिहार लक्षित शुपथ मूल्य पसल सञ्चालन हुने

हिमालय टिभी
२०७७ असोज १२ गते १८:४५
असोज १५ गतेदेखि दशैँं–तिहार लक्षित शुपथ मूल्य पसल सञ्चालन हुने

१२ असोज, २०७७ काठमाडौं । सरकारले असोज १५ गतेदेखि दशैँं-तिहार लक्षित शुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी बिहीबारदेखि सुपथ मूल्य पसल चलाउने भएका हुन् ।

दुबै संस्थानले काठमाडौ उपत्यकाका विभिन्न १२ वटा ठाउँमा पसल चलाउने छन् । खाद्य कम्पनीले थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सुपथ मूल्य चलाउनेछ ।

साल्ट ट्रेडिङले जावलाखेल, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा पसल चलाउनेछ । यीबाहेक दुबै संस्थानका काठमाडौं उपत्यकाबाहिरका विक्री काउण्टरमा समेत आवश्यकता अनुरुप पसल सञ्चालन गर्ने तयारी छ ।

सुपथ मूल्य पसल मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछन् । यस्तै खाद्य कम्पनीले दाङ र मकवानपुरबाट १ हजार खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याएर बेच्ने पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *