दुई महिनादेखि पहिरो पीडितको त्रिपालको बास, भएन व्यवस्थापन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १२ गते १८:०९
दुई महिनादेखि पहिरो पीडितको त्रिपालको बास, भएन व्यवस्थापन (भिडियोसहित)

१२ असोज, २०७७, कैलाली । करिव २ महिनाअघि घरनै पुरिने गरी गएको पहिरोका कारण सडकमा पुगेका कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका बासिन्दाले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् ।

कोही घर बगाएपछि त कोही घर पहिरोको उच्च जोखिममा परेपछि सडकमा पुगेका थिए । स्थानीय तहबाट त्रिपाल मात्रै पाएका पहिरो पीडितले अहिलेसम्म अन्य कुनै राहत तथा स्थायी व्यवस्थापनको बन्दोबस्त हुने आश्वासन समेत पाएका छैनन् ।

कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका करिब ३० परिवार र गुँडी गाउँका १० गरी ४० परिवार खानिडाँडा बजार नजिक राजमार्ग छेउमा त्रिपालमुनी बसिरहेका छन् ।

पहिरोबाट घर तथा जमिन बगाएपछि विस्तापित भएपछि सहयोगमा पाएको त्रिपालमुनि बसेर रात काटिरहेकाहरुले अहिलेसम्म अरु राहत पाएका छैनन् । घर बगाएर विस्थापित भएका उनीहरुको बैकल्पिक व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान पनि जान सकेको छैन । खेती गरेरै गुजरा चलाउने उनीहरुलाई अहिले दैनिक छाक टार्न मुस्किल परेको छ । कोही घरमा रहेका खखसीबाख्रा बेचेर त कोही ऋण निकालेर दैनिक छाक टारिरहेका छन् ।

चुरे गाउँपालिकामा केही घर पहिरोले बगाइसकेको त केही घर पहिरोको उच्च जोखिममा भएपछि स्थानीय तह र प्रशासनले उनीहरुलाई सडक छेउमा त्रिपालमुनी राखेको छ । रेडक्रस, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट उनीहरुलाई अहिलेसम्म केही थान त्रिपाल मात्रै उपलब्ध भएका छन् । २ महिनासम्म वैकल्पिक व्यवस्थापनको कुनै सुरसार नभएपछि उनीहरु चिन्तित छन् ।

चुरे गाउँपालिकाले भने आवश्यक सहयोग गरिरहेको दाबी गरेको छ । उनीहरुको वैकल्पिक व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको गाउँपालिकाको दाबी छ ।

पहिरोले विस्थापित भएकाहरुका लागि लागि विभिन्न संघसंस्थाले थोरै राहत सहयोग गरे पनि यसले उनीहरुको समस्या समाधान हुने अवस्था छैन् । उनीहरुलाई दिर्घकालिन ब्यवस्थापन गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *