Main News

बजेटको वार्षिक विवरण उपलव्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन

हिमालय टिभी
२०७७ असोज १२ गते १८:०३
बजेटको वार्षिक विवरण उपलव्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन

१२ असोज, २०७७ काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको वार्षिक विवरण उपलब्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन दिएको छ ।

समितिले परिषदको स्थापनाकालदेखि अहिलेसम्मको आर्थिक विवरण पेश गर्न भनेको छ । यस्तै काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा जमिन तथा भौतिक संरचना उपभोग गर्न दिए वापत प्राप्त हुने रकमको दर रेटसहितको विवरण पनि समितिले मागेको छ ।

समितिले देशमा गैर सरकारी संस्थाको भूमिका र संख्याका बारेमा गम्भीर प्रश्न उठाएको छ । देशभर ५० हजार गैरसरकारी संस्था दर्ता रहेको भन्दै यति धेरै गैरसरकारी संस्था आवश्यक छ कि छैन ? भनेर पनि समितिले सोधेको छ ।

यस्तै समितिले राष्ट्रिय प्राथमिकताका आधारमा क्षेत्रगत सन्तुलन कायम हुने गरी परियोजना स्वीकृत तथा व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *