धनकुटा नगरपालिका फोक्लेन टापुको बस्ती पहिरोको जोखिममा

हिमालय टिभी
२०७७ असोज १२ गते १३:१३
धनकुटा नगरपालिका फोक्लेन टापुको बस्ती पहिरोको जोखिममा

१२ असोज, २०७७ धनकुटा । निरन्तरको बर्षाका कारण पहिरो जान थालेपछि धनकुटा नगरपालिका ६ फोक्लेन टापुको बस्ती जोखिममा परेको छ ।

पहिरोबाट ३ परिवार विस्थापित भइसकेका छन । ६ घर अति जोखिममा परेका छन । पहिरो निरन्तर खसेकाले पदमशेर राई, जोसना राई र विशालहाङ राईको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पहिरोले तोर्णदिप तिगेला, सन्तविर लामा, इन्द्रमाया लिम्बू, खड्ग कटुवाल, रितु श्रेष्ठ र शेरबहादुर भण्डारीको घर अति जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

विस्थापित छिमेकीको घरमा बसेका छन । उनीहरुलाई अर्कै ठाउँमा घर बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको वडा नम्बर ६ का वडाध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *