बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ११ गते १८:२८
बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

११ असोज, २०७७, बारा । बारामा बसले स्कुटरलाई ठक्कर दिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

बाराको पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ—१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योती स्याङ्तान र १ वर्षका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पथलैयाबाट निजगढतर्फ गइरहेको प्रदेश २—०३–००४ प ४४४२ नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिमरा उपमहानगरपालिका—एकको दुधौरामा ठक्कर दिएको थियो ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि कलैया अस्पताल पठाइएको र बस प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेको प्रहरी नायब उपरीक्षकले मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *