Main News

दलीय भागबण्डा अन्त्य गरेर अख्तियारमा स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्ति नियुक्त गर्न माग

हिमालय टिभी
२०७७ असोज ११ गते १५:०३
दलीय भागबण्डा अन्त्य गरेर अख्तियारमा स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्ति नियुक्त गर्न माग

११ असोज, २०७७ काठमाडौं। भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले दलीय भागबण्डा अन्त्य गरी स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्तिलाई अख्तियारमा नियुक्त गर्न माग गरेको छ ।

विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले दलीय भागवण्डामा सिफारिस हुने गलत र सर्वाधिक आलोचित परिपाटी अन्त्य गर्न माग गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्तिलाई नियुक्त गर्न माग गरेको ट्रान्स परेन्सीले कुनै पनि राजनैतिक दलको सदस्य नरहेको भन्ने प्रावधानलाई कुनै पनि दलप्रति विशेष आग्रह पूर्वाग्रहबाट मुक्त र स्वतन्त्र छवि बनाएको व्यक्ति भन्ने अर्थमा बुझ्न पनि आग्रह गरेको छ ।

आयोगको प्रमुख आयुक्त तथा आयुक्तमा अधिकांश पूर्व प्रशासक हुने र नेताहरुसँगको सामीप्यताका साहसपूर्वक न्यायिक मनको प्रयोग गर्न नसक्ने ट्रान्सपरेन्सीको ठहर छ ।

ट्रान्सपरेन्सीले कानून, न्याय तथा विश्वविद्यालय एवं स्वतन्त्र निकायका अनुसन्धानकर्तालाई समेत ध्यान दिई सिफारिस गर्न सुझाव दिएको छ ।

त्यस्तै उच्च नैतिक चरित्र एवं ख्याति प्राप्त सम्बन्धी योग्यताका बारेमा वस्तुगत मापदण्ड एवं आधार तयार गरी कार्यान्वयन गर्न पनि उसको माग छ ।

सिफारिस हुने व्यक्तिप्रतिको जनभावना बुझ्न आवश्यकता अनुसार सार्वजनिक सुनुवाई समेत गर्ने परिपाटी बसाल्न ट्रान्स परेन्सीले माग गरेको छ ।

अध्यक्ष खेमराज रेग्मीले निकालेको विज्ञप्तिमा संवैधानिक निकायको स्वतन्त्र, निष्पक्ष र सबल उपस्थितिले मात्र संवैधानिक दायित्वको प्रभावकारी निर्वाह हुन सक्ने तर्फ गम्भीर ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *