Main News

नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारी नियुक्त

हिमालय टिभी
२०७७ असोज ११ गते १४:५०
नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारी नियुक्त

११ असोज, २०७७ काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ।

केही महिनादेखि निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत् भण्डारीलाई नै निर्देशकमा नियुक्त गरिएको हो ।

६ महिनाअघि डाक्टर भण्डारीलाई कायममुकायम मुकरर गरिएको थियो । ६ महिनाभन्दा बढी कामु बस्‍न नमिल्ने भएकाले निमित्त बनाइएको थियो ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ। बैठकले इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *