खेलकूद

आईपीएल क्रिकेटमा कोलकाताको पहिलो जित

हिमालय टिभी
२०७७ असोज ११ गते ७:३८
आईपीएल क्रिकेटमा कोलकाताको पहिलो जित

११ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।

आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको हो । १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ औं ओभरको समाप्तिमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

कोलकाताका शुभम् गील ७० तथा इयोन मोर्गन ४२ रनमा अविजित रहे । बलिङमा हैदराबादका खलिल अहमद, टी नटराजन र राशिद खानले समान एक(एक विकेट लिए ।

यसअघि आबुधाबीस्थित शेख जायल रंगशालामा टस जितेर पहिले ब्याटिङ् गरेको हैदराबादले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

उसका लागि मनिष पाण्डेले ५१, कप्तान डेबिड वार्नरले ३६ तथा रिद्दिमान साहले ३० रन बनाए । बलिङतर्फ कोलकाताका प्याट कुमिन्स, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक(एक विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र किंग्स एलाभेन पञ्जाबबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्