Main News

रोहिणी नदीले ५० भन्दा बढी घर डुबायो, तटबन्ध बनाइदिन स्थानीयको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १० गते १८:३३
रोहिणी नदीले ५० भन्दा बढी घर डुबायो, तटबन्ध बनाइदिन स्थानीयको माग (भिडियोसहित)

१० असोज, २०७७ भैरहवा । अविरल वर्षाले रुपन्देहीका ठाउँठाउँमा डुबान भएको छ । रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० भन्दा बढी घरमा क्षति पुगेको छ । अन्नपात, लत्ताकपडा, पशुचौपाया बगेका छन् । केही ठाउँमा स्थानीय घाइतेसमेत भएका छन् ।

रोहिणी नदी सुकुम्बासी बस्तीमा पस्दा रुपन्देहीको रोहिणी गाउँपालिका–५, पिपरहवामा १८ घर डुवानमा परेका छन् । गोठ भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा, केही पशुचौपाया पनि बगेको स्थानीयले जनाएका छन् । पाक्ने बेलाको धानबालीमा पनि ठूलो क्षति पुगेको छ ।

पिपरहियामा २०६६ मा रोहिणी नदी बस्तीमा पस्दा ८ र २०७३ मा १४ घर बगेका थिए । पटकपटक बस्तीका घरहरु बग्दा र डुबानमा पर्दा ठूलो क्षति भए पनि तटबन्ध र बस्ती स्थानान्तरणतर्फ कसैको ध्यान गएको छैन । स्थानीयले आफूलाई अन्यत्र सार्न, नभए तटबन्ध लगाइ दिन माग गरेका छन् ।

भारी वर्षाका कारण रोहिणीसहित, तिलोत्तमा, ओमसतिया, मर्चवार, मायादेवी, देवदह, लुम्बिनी साँस्कृतिक, बुटवल उपमहानगरपालिकाका बस्ती डुबानमा परेका छन् । स्थानीय तहले प्रहरीको सहयोगमा राहत वितरण र स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने काम गरिरहेका छन् ।

लुम्बिनीको वडा नम्बर १२ मा ४, तिलोत्तमामा ४, देवदहमा १ कच्ची घर भत्किएका छन् । सम्मरीमाई र मर्चवारी गाउँपालिमा पनि दर्जनौ घरमा क्षति पुगेको छ । मर्चवार, लुम्बिनी र धकधई क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । बाढी र डुवानबाट भएको क्षतिको मुल्यांकन भइरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *