Main News

काठमाडौंमा डेरामा बस्नेलाई पीसीआर परीक्षणको दबाव नदिन घेरबेटीहरुसँग आग्रह

हिमालय टिभी
२०७७ असोज १० गते १७:०६
काठमाडौंमा डेरामा बस्नेलाई पीसीआर परीक्षणको दबाव नदिन घेरबेटीहरुसँग आग्रह

१० असोज, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका घरबेटीहरुलाई डेरामा बस्नेलाई पीसीआर परीक्षणका लागि दवाब नदिन आग्रह गरेको छ ।

बाहिर जिल्लाबाट काठमाडौं छिरेका डेरामा बस्नेहरूलाई घरबेटीले पीसीआर नगरेसम्म घरमा छिर्न नदिने गरेका छन् । जसका कारण कोरोना परीक्षणका लागि टेकुमा रातभरि लाइन बस्नुपर्ने बाध्यता छ ।

यसरी लाइनमा बसेर पनि सजिलै कोरोना परीक्षणा हुँदैन । त्यसैले सरकारले डेरावालसँग कोरोना परीक्षण रिपोर्ट नमाग्न आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता डाक्टर गौतमले यात्रा गरेर आउनसाथ पीसीआर गर्दा तत्काल भाइरसको संक्रमण पुष्टि नहुने बताउनुभयो ।

कोरोना संक्रमण जुनसुकै समयमा पनि हुन सक्ने भएकाले सावधानी अपनाउन तर पीसीआर परीक्षणको दबाब नदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *