Main News

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १० गते १६:५४
प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण पुष्टि

१० असोज, २०७७ काठमाडौं । प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ ।

लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकी शाहको आज पोजेटिभ रिपोर्ट आएको हो । शाह अहिले होम आइसोलेसनमा बस्नु भएको छ ।

शाहले आफूले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको जानकारी दिनुभएको छ । तीन दिनअघि अनसनरत डा. गोविन्द केसीलाई भेट्दा शाहले जनस्वास्थ्यका मापदण्ड पालना गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *