Main News

डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गर्ने युवाहरु पक्राउ

हिमालय टिभी
२०७७ असोज १० गते १५:०३
डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गर्ने युवाहरु पक्राउ

१० असोज, २०७७ काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटक अनसन बसिरहेका डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध र डाक्टर केसीको पक्षमा नाराबाजी गर्दै सडकमा उत्रिएका युवाले सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा लेखिएको प्लेकार्ड बोकेका थिए ।

अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल हुँदै गइरहे पनि केसीसँग संवाद नगरेकोमा युवाहरुले सरकारको आलोचना गरेका छन् ।

डाक्टर केसीका माग सम्बोधन गर्न र जीवन रक्षा गर्न सरकारलाई मानवअधिकार आयोगले समेत आग्रह गरेको थियो । तर सरकारले केसीका मागमा कुनै सुनुवाई नै गरेको छैन ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डाक्टर केसीले अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशनलाई निरन्तरता दिइरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *