Main News

पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव निकालियो

हिमालय टिभी
२०७७ असोज १० गते १४:१०
पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव निकालियो

१० असोज, २०७७ पाल्पा । पाल्पाको रम्भा–२, बेलौजामा गत बुधबार राति गएको पहिरोमा घर पुरिँदा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा शुक्रबार बेलुकी पाँचै जनाको शव निकालिएको हो ।

अविरल वर्षाका कारण बुधबार राति गएको पहिरोमा पुरिएर मृत्यु भएका ६२ वर्षीय हुमबहादुर गाहा, उहाँको पत्नी ४८ वर्षकी धनीसरा, छोरी १७ वर्षकी कृण्णमाया, नातिनीहरू ८ वर्षकी लक्ष्मी र १४ वर्षकी खुमीसरा आलेको शव निकालिएको वडा अध्यक्ष उमानसिंह सारूले जानकारी दिनुभयो ।

शव निकालेपछि पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा पठाइएको छ । बिहीबार रातीसम्म पानी परिरहेकाले पहिरोले च्यापिएकाको उद्धारमा समस्या भएको थियो ।

अविरल वर्षासहित माथिबाट खसेको पहिरोले सँगै रहेका दुई वटा कच्ची घरलाई समेत च्यापेको थियो । यद्यपि दुई घरका तीन जना भने भाग्न सफल भएका थिए ।

घटनापछि मृतक परिवार र विस्थापित बेलौजाका तीन र सुरूङ्डाँडाका एक परिवारलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *