धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमानको अवस्था गम्भीर

हिमालय टिभी
२०७७ असोज १० गते १४:०५
धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या,  श्रीमानको अवस्था गम्भीर

१० असोज, २०७७, रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका–५ टिकुलियामा दम्पत्तिकै हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको अवस्था गम्भीर रहेको छ ।

सोही गाउँका महेश तिवारी दम्पत्तिमाथि ४ जनाका समूहमा आएको हतियारधारी समूहले खुकुरी र खुँडा प्रहार गर्दा महेशका पत्नी जगरामी देवीको मृत्यु भएको थियो । श्रीमान महेशलाई बचाउन खोज्दा श्रीमती जगरामी देवीको मृत्यु भएको स्थानीयले बताएका छन् ।

श्रीमान महेशको टाउको र घाँटीमा चोट लागेको छ । आक्रमणबाट गम्भीर घाइते भएका महेशको भने वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेकोे छ ।

शुक्रबार साँझ देवाही गोनाही नगरपालिका–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर दम्पत्तिमाथि आक्रमण गरेको बताइएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

साँझ साढे ८ बजेको समयमा गाउँमा गफ गरेर बसिरहेको अवस्थामा खुकुरी साथमा आएका समूहले महेशलाई मार्ने धम्की दिएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *