खेलकूद

आइपीएलमा चेन्नईलाई हराउँदै सन्दीप आवद्ध दिल्ली शीर्षस्थानमा

हिमालय टिभी
२०७७ असोज १० गते ७:१९
आइपीएलमा चेन्नईलाई हराउँदै सन्दीप आवद्ध दिल्ली शीर्षस्थानमा

१० असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।

आइपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ४४ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि फाफ डुप्लेसिसले ४३ तथा केदार जाधवले २६ रन बनाए । बलिङमा दिल्लीका कासिगो रबाडाले तीन तथा एनरिच नोरजेले दुई विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । उसका लागि पृथ्वी साहले ६४, ऋषभ पन्तले ३७ तथा शिखर धवनले ३५ रन बनाए ।

बलिङतर्फ चेन्नईका पियुष चावलाले दुई विकेट लिए । लगातार दुई जितपछि दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

चेन्नईको भने यो लगातार दोस्रो हार हो । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्