Main News

डान्सिङ्ग विथ द स्टार्सको पहिलो प्रतिस्पर्धा अहिले ८ बजेदेखि शुरु हुँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ९ गते १८:५४
डान्सिङ्ग विथ द स्टार्सको पहिलो प्रतिस्पर्धा अहिले ८ बजेदेखि शुरु हुँदै (भिडियोसहित)

९ असोज, २०७७ काठमाडौं । डान्सिङ्ग विथ द स्टार्सको पहिलो प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । आजदेखि एघार जोडीले प्रतिस्पर्धा गर्नेछन् । आजको शोमा के छ त विशेष ?

गत हप्ता प्रिमियर गरिएको डान्सिङ्ग विथ द स्टार्समा आजदेखि नृत्यको प्रतिस्पर्धा शुरु हुँदैछ । यो प्रतिस्पर्धामा ११ जोडी कलाकारले नृत्य प्रस्तुत गर्ने छन् । तिनै ११ जोडी मध्येकी एक हुनुहुन्छ सृष्टि केसी । जसलाई कसैले पनि नृत्य सिकाउन चाहेका थिएनन् ।

तर उहाँले डान्सिङ्ग विथ द स्टार्सको मञ्च पाउनुभयो। र यहाँ दृष्टिविहीन सृष्टिलाई कोरियोग्राफर केशव थापाले नृत्य सिकाउनुभयो ।

र, यो प्रतिस्पर्धाका लागि सृष्टिले पनि कडा मेहनत गरिरहनुभएको छ । कडा मेहनतका साथ नृत्य सिकिरहेकी सृष्टीको प्रस्तुति आज कस्तो होला ? अनि अरु प्रतिस्पर्धाी कस्तो नाच्लान् ?

त्यो थाहा पाउन अहिले ८ बजे हिमालय टेलिभिजन एचडीमा प्रशारण हुने डान्सिङ्ग विथ द स्टार हेर्न नभुल्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *