Main News

पाल्पाको फोक्सिङकोटमा पहिरोमा बेपत्ता तीन जनाको शव फेला

हिमालय टिभी
२०७७ असोज ९ गते १४:५०
पाल्पाको फोक्सिङकोटमा पहिरोमा बेपत्ता तीन जनाको शव फेला

९ असोज, २०७७, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ । दुई जनाको खोजी भइरहेको छ ।

१६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया खुमिसरा आले र आठ वर्षीया लक्ष्मी गाहाको शव फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बिहान गएको पहिरोमा परेर बेपत्ता भएका ६३ वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ४७ वर्षीया धनीसरा गहाको खोजी भइरहेको छ ।

हिजो झरी र पहिरो जाने क्रम नरोकिएपछि आज बिहानबाट मात्रै खोजी तिव्र पारिएको हो । पहिरोले घर पुरिँदा हिजो २७ वर्षीया मोतीसरा गाहाको पनि मृत्यु भएको थियो । पहिरोका कारण बेलौजा गाउँका १७ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *