Main News

अनशनरत डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको माग

हिमालय टिभी
२०७७ असोज ९ गते १४:४६
अनशनरत डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको माग

९ असोज, २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको हो । विगतमा भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

सरकारले पटक पटक डाक्टर केसीसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि आयोगले सम्झौता कार्यान्वयनको अवस्थाबारे गम्भीर चासो व्यक्त गरेको हो ।

चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारका विषयमा संवेदनशील हुन, केसीसँग विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर भएर जीवन रक्षा गर्न आयोगले सरकारलाई भनेको छ ।

डाक्टर केसीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले संक्रमणको उच्च जोखिम रहेकोतर्फ पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै आयोगले संवादका माध्यमबाट समाधान खोज्न र आमरण अनशन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न डाक्टर केसीलाई आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारका लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डाक्टर केसी भदौ २९ गतेदेखि अनशनमा हुनुहुन्छ । जुम्लाबाट आमरण अनशन थालेका केसी अहिले शिक्षण अस्पताल महाराजग्ञजमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *