खेलकूद

बायर्न म्युनिखले जित्यो यूईएफए सुपर कपको उपाधि

हिमालय टिभी
२०७७ असोज ९ गते ७:५३
बायर्न म्युनिखले जित्यो यूईएफए सुपर कपको उपाधि

९ असोज, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

हिजो राति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो । १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलबाट सेभियाले अग्रता लिएको थियो ।

डभिड अल्बाले इभान राकिटिचलाई डिबक्सभित्र लडाँएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो । बायर्नका लियोनले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे ।

बायर्नले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । युरोपा लिगको उपाधि सेभियाले उचालेको थियो ।

कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमती दिईएको थियो । करिब २० हजार दर्शक उपस्थित रहेको खेलमा बायर्नले उपाधि उचालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्