Main News

रुपन्देहीमा २, डडेल्धुरा र चितवनमा एकएक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज ८ गते ९:४५
रुपन्देहीमा २, डडेल्धुरा र चितवनमा एकएक जना कोरोना संक्रमितको मृत्यु

८ असोज, २०७७, काठमाडौं । रुपन्देहीमा २, डडेल्धुरामा १ र चितवनमा १ जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना अस्पतालमा उपचार गराइरहेका नवलपरासी पश्चिम र कपिलवस्तुका एक(एक जना संक्रमितको मृत्यु भएको हो । मृतक दुबैको एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

गएको भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

यस्तै यही असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनु भएको छ ।

डडेल्धुरामा पनि कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुई दिनअघि मात्र भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या पश्चात अस्पतालमा भर्ना भएका थिए।

मृतकलाई भारतमै कोरोना पुष्टि भएको उनका आफन्तको भनाइ छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि मृतकमा संक्रमण देखिएको थियो। अस्पताल ल्याउँदा उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

डायलासिस गराउन यही भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *