Main News

नारायणीलगायतका नदीमा जलसतह खतरा पार, सतर्कता अपनाउन आग्रह

हिमालय टिभी
२०७७ असोज ८ गते ७:५९
नारायणीलगायतका नदीमा जलसतह खतरा पार, सतर्कता अपनाउन आग्रह

८ असोज, २०७७ काठमाडौं । नारायणी, तिनाउलगायतका नदीमा जल–सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

रुपन्देहीको तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै नारायणी नदीमा बाढी आएको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

सामान्तया सेप्टेम्बर २३ अर्थात हिजोदेखि नै नेपालमा मौसम निस्कृय हुनु पर्ने हो । तर हिजोदेखि भने निरन्तर वर्षा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *