खेलकूद

यो वर्षका सबै साफ फूटबल प्रतियोगिता रद्द

हिमालय टिभी
२०७७ असोज ७ गते १७:३६
यो वर्षका सबै साफ फूटबल प्रतियोगिता रद्द

७ असोज, २०७७ काठमाडौं । दक्षिण एसियाली फूटबल महासंघ (साफ)ले सन् २०२० मा तय भएको उमेर समूहको सबै प्रतियोगिता रद्द गरेको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण यो वर्षका लागि तय भएका उमेर समूहका सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको साफले बताएको छ ।

सदस्य राष्ट्रसँगको भर्चुअल छलफलपछि दक्षिण एसियाली क्षेत्रमा हालको अवस्थाको मुल्यांकन गर्दै ती प्रतियोगिता रद्द गर्ने निर्णय भएको महासंघले विज्ञप्तीमार्फत जनाएको हो ।

यसअघि बंगलादेशमा तय भएको पुरुषको साफ च्याम्पियनसिप स्थगित गरी गरी अर्को वर्षका लागि सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्