समाज

धनगढीमा विद्युतका तार र पोलका कारण बढ्यो जोखिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते २०:३२
धनगढीमा विद्युतका तार र पोलका कारण बढ्यो जोखिम  (भिडियोसहित)

६ असोज, २०७७, धनगढी । विद्युत प्राधिकरणको बेवास्ताका कारण धनगढी उपमहानगरपालिकामा तार र पोल अव्यवस्थित हुन सकेका छैनन् । उपमहानगरपालीकाभित्र रहेका पोल कतिपय ढल्ने अवस्थामा रहेका छन् भने ट्रान्समिटरका बाकस खुल्ला र बच्चाले समेत छुन सक्ने अवस्थामा छन् । यसले जोखिम बढाएको छ ।

कैलालीको धनगढीमा अव्यस्थित बिजुलीका तारले दुर्घटनाको जोखिम बढेको छ । यस्ता तारमा सामान्य हावाहुरीका बेला आगलागी हुने र चरा बस्दासमेत फ्युज जाने गरेको छ । पिच सडकभित्र राखिएका ट्रान्समिटरले कुनै बेला ठुलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले वैकल्पिक उपाय खोज्न माग गरेका छन् ।

धनगढीमा रहेका अस्तब्यस्त विद्युतका पोल व्यवस्थित गर्न स्थानीय तहले प्रयास गरे पनि सम्भव हुन सकेको छैन । पटकपटक विद्युत कार्यालयलाई जानकारी गराउँदासमेत वास्ता नगरेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ ।

विद्युत कार्यालय धनगढीले आफुहरुलाई जानकारी भएसम्म सबै ठाउँमा मर्मत गरिरहेको दाबी गरेको छ । अव्यवस्थित तारका कारण समस्या भएको खबर आए तत्काल मर्मत गर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।

प्राधिकरणको धनगढी वितरण केन्द्रले प्रत्येक बर्ष तार मर्मतका लागि लाखौं रकम खर्च गर्दै आएको छ । गत बर्ष मात्रै मर्मत सम्भारका लागि प्राधिकरणले ७२ लाख छुट्याएकोमा ८० प्रतिशत रकम खर्च गरेको छ । तर अवस्थामा भने खासै सुधार आएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *